बैंकिङ्ग

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

काठमाडाैं । माछापुच्छ्रे बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ। बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिका–६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवैै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। त्यसैगरि …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले लाभांश नदिने

काठमाडाैं । प्रभु बैंकले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी …

पुरा पढ्नुहॊस »

तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न उक्त निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकका अनुसार आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने छ । बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्न लागेको हो । मंगलबार दिउँसो २ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाले …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नाममा चेक काटिए पनि खातामा कुनै रकम जम्मा भएको जिकिर गरेका छन् । सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचारबारे पत्रकारहरूले सोमबार प्रश्न गरेपछि जवाफका क्रममा उनले यस्तो भनेका हुन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । बैंकको ५९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको शनिबार आयोजना गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ सचेतना गर्ने उद्देश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ९० करोड

काठमाडाैं । एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको सोही अवधिको तुलनााम ४१.८४ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड ५३ लाख खुद नाफा

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब बढी थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड कायम भएको छ । …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको लेखापरीक्षकमा तीन जना नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले तीन जना लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको गत पुस २९ गते सम्पन्न ६३औँ वार्षिक साधारण सभाबाट तीन जनालाई लेखापरीक्षक नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्ट (सी.ए.) प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई आर्थिक वर्ष २०८०÷८१ का लागि बैंकको लेखापरीक्षकको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नियामक नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग र सिडिएस …

पुरा पढ्नुहॊस »

इप्पानको वार्षिकोत्सवमा नबिल बैंक सम्मानित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले आफ्नो वार्षिकोत्सवको अवसरमा नबिल बैंकलाई सम्मान गरेको छ। निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंकलाई सम्मान गरेको हो। तत्कालीन नेपाल बंगलादेश बैंकले जलविद्युत् आयोजनामा निजी क्षेत्रका तर्फबाट पहिलोपटक लगानी गरेको थियो। हाल उक्त बैंक नबिलसँग गाभिइसकेकोले नबिल बैंक सम्मानित भएको हो। उक्त अवसरमा नबिलबाहेक आयोजना निर्माणमा संलग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले सुरु गर्यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा सुचारुमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले VISA को सहायक संस्था, Cybersource संगको सहकार्यमा विकास गरेको हो । यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds