काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको हो ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
https://www.nimb.com.np/personal-banking/offers
तपाईंको प्रतिकृया



