एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै सिन्धुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका–६ मा १३२औँ शाखा स्थापना गरेको हो। जेठ ५ गते उद्घाटन गरिएको उक्त शाखासँगै बागमती प्रदेशभित्र मात्र बैंकको शाखा संख्या ४७ पुगेको छ।

शाखाको संयुक्त रुपमा उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यले गरेका हुन्। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, शाखा प्रमुख र अन्य कर्मचारीहरू साथै स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर पोखरेलले बैंकको उपस्थितिसँगै सिन्धुली जिल्लाले अब वित्तीय पहुँच, सन्तुलित लगानी, तथा दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बैंकले ग्रामीण तथा नगर क्षेत्रलाई जोड्ने पुलको काम गर्ने धारणा राखे।

त्यस्तै, बैंकका अध्यक्ष डा। वैद्यले शाखा विस्तारलाई ग्रामीण वित्तीय पहुँच अभिवृद्धिका हिसाबले अर्थपूर्ण कदमको रूपमा व्याख्या गरे। उनले सिन्धुलीबासीलाई अत्याधुनिक, सहज, सबल तथा गुणस्तरीय सेवा प्रदान गरिने प्रतिबद्धता जनाए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री