काठमाडौं । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बधी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय बाह्रबिसेले नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उप-शाखासँगको संयुक्त आयोजनामा वैशाख २९ गते बाह्रबिसे नगरपालिका-८ मा खुल्ला रक्तदान कार्यक्रम र प्राइभेट प्याराडाइज माविमा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए ।
वक्तृत्वकलामा प्रथम हुनेलाई १२ हजार, द्वितीयलाई नौ हजार र तृतीयलाई छ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । साथै रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका बैंकले जनाएको छ ।




