एनआईसी एसिया बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य

काठमाडौं । एनआईसी एसिया बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिस प्रा.लि.बीच बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै अब बैंकका ग्राहकहरूले एएसजी आई केयर एन्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिँदा डिजिटल भुक्तानी गरे विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकहरूले सर्जरी प्रक्रियामा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेसन र अप्टिकल/लेन्समा १० प्रतिशतको छुटका साथै पहिलोपटक सेवा लिने ग्राहकहरूले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा लिन सक्नेछन् ।

यस सुविधाको लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । एनआईसी एसिया बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्यले एएसजी आई केयर एन्ड हेल्थ सर्भिससँग सहकार्य गरेको जनाएको छ । यस कदमले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई अझ प्रवर्द्धन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री