एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच सहकार्य, डिजिटल भुक्तानीमा २०% छुट

काठमाडौँ । एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.ली. बिच यस बैंकका ग्राहकहरूको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।

बैंकका अनुसार यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री