सानिमा बैंकको इ-कम भिसा कार्डमा अनलाइन टपअप सुविधा

काठमाडौं । सानिमा बैंकले इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टपअप गर्न मिल्ने सुविधाको सुरुआत गरेको छ । इ-कम भिसा कार्ड डलरबाट भुक्तानीमा प्रयोग हुने कार्ड हो ।

इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी इ–कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो इ-बैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट इ-कम अनलाइन पेमेन्टमा आफ्नो विवरणहरु राखेर टपअप गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर राखेर टपअपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखेपछि कार्डमा तुरुन्तै टपअप हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री