बैंकिङ्ग

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो। बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो। यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए। …

पुरा पढ्नुहॊस »

युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरूलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्रदान …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार गर्ने सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडको माध्यमबाट कारोबार गर्न सक्ने गरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाबीच सम्झौता भएको छ। यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ। यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने बैंकले जनाएको छ। एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ …

पुरा पढ्नुहॊस »

एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, WACC 2024 मा प्रदान गरिएको हो। यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो। एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको बैंकले …

पुरा पढ्नुहॊस »

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । कमलादि स्थित हेयर एण्ड शान्ति (Hair and Shanti) र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई सौन्दर्य सम्बन्धी सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure) विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बिहीबार एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सर्वसुलभ ब्याजदरमा छिटो, छरितो …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टरबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र बुटवलस्थित ग्यास्ट्रो सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट दिने सम्झौता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ । सिटिजन्स बैंकले देशभरि फैलिएका १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै …

पुरा पढ्नुहॊस »

अन्नपूर्ण केबुलकार र प्रभु बैंकबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबुलकार सेवामा छुट दिने सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक र कर्मचारीलाई अन्नपूर्ण केबुलकारका सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौताअनुसार केबुलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्राप्त हुनेछ । अन्नपूर्ण केबुलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ भने हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा …

पुरा पढ्नुहॊस »

एनआईसीका ऋणीलाई भाखा नाघेका कर्जा भुक्तानीमा छुट अफर

काठमाडौं । एनआईसी एसिया बैंकले गत चैतसम्म भाखा नाघेका कर्जा जेठभित्र तिरे विभिन्न छुटहरु दिने भएको छ। बैंकले २०८० चैत मसान्तसम्ममा भाखा नाघेका सबै कर्जा यही जेठभित्रै तिरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिने भएको हो। यस्तै साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ। यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेको कर्जामा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ …

पुरा पढ्नुहॊस »