बैंकिङ्ग

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड, ग्राहकले लिनसक्छन् यस्ता फाइदा

काठमाडौं । प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा नवीनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। एक समारोहका बीच उक्त सेवा आजदेखि सञ्चालनमा ल्याएको हो। प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ। ‘यो प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनासायले बैंकले …

पुरा पढ्नुहॊस »

एभरेस्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले राख्यो संस्थापक सेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको ३ हजार २११ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले सस्थापक सेयरधनीबाट पहिलोपटक सेयर खरिद आह्वान गरेको थियो। संस्थापक सेयरधनीले सेयर नकिनेपछि सर्वसाधारणमा लिलामीमार्फत बिक्री गर्न लागिएको हो। इच्छुकले ३५ दिनभित्र बैंकको धितोपत्र प्रबन्धक कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टरकार्ड

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ । पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । बैंकका अनुसार मास्टरकार्ड अन्तर्राष्ट्रिय स्तरको डेबिट कार्ड हो र यसबाट सजिलो, सुरक्षित र विश्वाससहित देश अनि विदेशमा बैंकिङ कारोबार गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा सातै प्रदेशका ग्राहकलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटाइलेजसनजस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो। कार्यक्रमका उपस्थित ग्राहकहरूबीच एक-आपसमा सम्बन्ध …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड रुपेयाँ) ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जारी गरेको …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरुलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुद्घारा हस्ताक्षर गरिएको हो ।  सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारीहरू तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष …

पुरा पढ्नुहॊस »

ललितपुरमा लक्ष्मी सनराइजको शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुर महानगरपालिकामा आफ्नो सेवा विस्तार गर्न शाखा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौंको न्युरोडस्थित आफ्ना दुई शाखा मध्ये एउटालाई ललितपुरको नखीपोटमा स्थानान्तरण गरेको बैंकले जनाएको छ । यसअघि काठमाडौं महानगरपालिका–२२ स्थित न्यूरोडमा रहेको शाखालाई ललितपुर महानगरपालिका–१४ को विशालचोक, नखीपोटमा सारिएको हो । स्थानान्तरण गरिएका शाखाका ग्राहकले न्युरोड, काठमाडौंमा रहेको बाँकी शाखाबाट पनि सेवा लिन सक्ने बैंकले जनाएको छ । यो कदमसँगै बैंकले अब नयाँ र …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा …

पुरा पढ्नुहॊस »