नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेले कात्तिक २३ गतेको निर्णयअनुसार उक्त ऋणपत्र सूचीकृत गरेको हो ।

नेप्से र नबिल बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै कात्तिक २७ गतेदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

नबिल बैंकले यसअघि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको थियो । बैंकले साउन ६ गतेदेखि साउन २० गतेसम्म १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर रहनेछ, जसको ब्याज भुक्तानी बैंकले प्रत्येक छ महिनामा गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री