काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभहरू प्रदान गर्ने गरी सहकार्य भएको छ ।
११.११ को रूपमा विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीति अनुरूप दराज नेपालसँग सहकार्य भएको हो ।
यस सहकार्य अन्तर्गत कार्तिक २५ गते देखी मंसिर ५ गतेसम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटको लागि ग्राहकहरूले दराजबाट भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिने बताइएको छ । यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सकिने बैंकले जानकारी दिएको छ ।




