काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठस्थित होटल सब्रिनाबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ। सम्झौताका अनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटलको आवास, फुड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउनेछन्।
बैंकका अनुसार सेवा प्राप्त गर्दा ग्राहकले बैंकसँगको आवद्धता प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ। बैंकले यस सम्झौताबाट आफ्ना सेवा प्रयोगकर्ताले सहज, गुणस्तरीय र किफायती सेवा पाउने विश्वास व्यक्त गरेको छ। यसले ग्राहक सेवामा थप मूल्य अभिवृद्धि गर्ने र दुवै संस्थाबीचको सहकार्य विस्तारमा योगदान पुर्याउने अपेक्षा लिइएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेलले हस्ताक्षर गरेका छन् भने होटल ज्होटल सब्रिनाको तर्फबाट सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ।




