बैंकिङ्ग

आईएमई पे र क्युएफएक्स सिनेमाजबीच मुभी टिकटमा ५० रुपैयाँ पैसा फिर्ता गर्ने सम्झौता

काठमाडाैं । आईएमई पे र क्युएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ। अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन्। यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ। अफरका लागि निर्दिष्ट गरिएका शर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन्। त्यसपश्चात् प्रयोगकर्ताहरुले पुनः …

पुरा पढ्नुहॊस »

विश्व बैंकका प्रमुख मालपासले दिए राजीनामा

एजेन्सी । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो कार्यकाल पूरा हुनुअघि डेभिडले राजीनामा दिएका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो । डोनाल्ड ट्रम्पको कार्यकालमा उनी विश्व बैंकको प्रमुख बनेका थिए । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोभिड महामारी, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन् । ६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोच …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीईओमा पुनः पाण्डे नियुक्त

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् । बैंक सन्चालक समितिको बैठकले पाण्डेलाई आज फागुन ३ गतेदेखि लागू हुने गरि सीईओमा पुनःनियुक्त गरेको हो । उनलाई बैंकले ४ वर्षको लागि नियुक्त गरेको हो ।  

पुरा पढ्नुहॊस »

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र फागुन ८ गतेसम्म विक्रीमा रहने

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले गत माघ २६ गतेबाट ‘१०.३०५ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते हुने भनिएको थियो । तर, मागबमोजिम आवेदन नपरेको अब यो ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिन सकिन व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंक र केड कम्पनीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार केड कम्पनीबाट सामान खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफस्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीतर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको डिबेन्चर निष्कासन

काठमाडौ । ग्लोबल आइएमई बैंकले पाँच वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदरको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ निष्कासन गर्दै बिक्री खुला गरेकोे छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको एक हजार प्रतिऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निष्कासन गरेको हो । निष्कासित कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् तीन अर्ब बराबरका ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी दुइ अर्ब रुपैयाँका २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री …

पुरा पढ्नुहॊस »

सार्वजनिक बिदा भएपनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भएपनि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भएपनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

पुरा पढ्नुहॊस »

नेपाल बैंक र नागरिक लगानी कोषबीच अनलाइन कारोबारसम्बन्धी सम्झौता

काडमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । बैंक र लगानी कोषबीच अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम राष्ट्रसेवक कर्मचारीको कर्मचारी बचत वृद्धि, अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीको सावधिक …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष अफर

काठमाडाैँ । ‘भ्यालेन्टाइन डे’ को अवसरमा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेसन लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो। २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट …

पुरा पढ्नुहॊस »