सिटिजन्स बैंकको घर कर्जा योजना : ७ वर्षको लागि ८.९९ % स्थिर ब्याजदर रहने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकवहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिँदै आएको र कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टी.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छूट

काठमाडौं । कुमारी बैंक र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच विशेष छूट …

प्रतिकृया दिनुहॊस