बैंकिङ्ग

पोखराको रामबजारमा लुम्बिनी बैंकको एटीएम

काठमाडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका मुख्य प्रबन्धक दीपक खनालका अनुसार स्थानीय स्तरमा सहज बैंकिङ सेवा पुर्‍याउन १८ औं एटीम स्थापना गरिएको हो। लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको कार्डवाहकलाई आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्म छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा हस्ताक्षर भएसँगै अब सिटिजन्स बैंकका कार्डबाहकहरूले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल …

पुरा पढ्नुहॊस »

मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान

काठमाडाैं । नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी फागुन २६ गते काठमाडौं स्थित नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा सबै डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरू मार्फत नियमानुसार सहज रूपमा भुक्तानी हुनेछ । …

पुरा पढ्नुहॊस »

चर्को व्याजदरविरुद्ध उद्योगी-व्यवसायीको प्रदर्शन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् । आज माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाविरुद्ध आफूहरुले आन्दोलन गरेको स्पष्ट पारे । कटुवालले …

पुरा पढ्नुहॊस »

नबिल बैंकको बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनश सेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।

पुरा पढ्नुहॊस »

नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

काठमाडौँ । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता …

पुरा पढ्नुहॊस »

चैतदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौँ । बैंकहरुले संकलन गर्ने निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसकेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । संघको निर्णयअनुसार साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने छ । त्यस्तै कर्जाको प्रिमियम १ प्रतिशत ब्याजदर घटाइने छ । हालसम्म बैंक तथा वित्तीय स.स्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर कायम गर्ने गरेका थिए । तर, चैतदेखि ५ प्रतिशत प्रिमियम मात्रै थप्ने निर्णय भएको …

पुरा पढ्नुहॊस »

स्मार्टच्वाइस र हिमालयन बैंकबीच स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक- हिमालयन बैंकवीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरुमार्फत बस्तु तथा सेवा को भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ । यसै गरी हिमालयन बैंकका …

पुरा पढ्नुहॊस »