राष्ट्रिय वाणिज्य बैंकको एकैपटक ६ स्थानमा शाखा विस्तार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यसपछि बैंकको शाखा कार्यालयहरूको सङ्ख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औँ एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा विशेष छूट

काठमाडौं । कुमारी बैंक र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच विशेष छूट …

प्रतिकृया दिनुहॊस