कुमारी बैंकको ८८ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकको ८८ हजारभन्दा धेरै कित्ता लिलामीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीको सेयर लिलामीका लागि राखेको हो।

आइतबार बैंकले ८८ हजार २०९ कित्ता सेयर खरिद गर्न आवेदन माग गरेको छ। कम्पनीले सेयरधनीको नाम भने खुलाएको छैन।

पहिलो पटक सूचना प्रकाशन गर्दै बैंकले आफ्नै संस्थापक धनीहरुबाट आवेदन माग गरेको हो। ३५ दिनभित्र आवेदन नआएमा बैंकले उक्त सेयर सर्वसाधरणका लागि खुला गर्नेछ।

पछिल्लो समय बैंकबाट धमाधम सेयरधनी बाहिरिन थालेपछि कम्पनीले सर्वसाधारणमा संस्थापक सेयर बिक्री गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री