बैंकिङ्ग

ऋणको भाका नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (२०७९/८०)को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । कसिलो मौद्रिक नीतिकै कारण मौद्रिक सूचकहरु सन्तुलनमा आउन थालेकोले मौद्रिक नीतिले लिएका मुख्य लक्ष्यहरू यथावत राखेर समीक्षा सार्वजनिक गरेको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लिएको कसिलो नीतिले भुक्तानी सन्तुलनमा आएको, मूल्यवृद्धि कम भएको तथा अझै पनि आयात भने बढ्ने जोखिम रहेको उल्लेख गरेको छ । मौद्रिक नीतिको समीक्षाले ऋणीले …

पुरा पढ्नुहॊस »

अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुली सूचना निकाल्दा ऋणीको फोटो राख्न नपाउने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्वीर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन–२०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’, राष्ट्र बैंकले हिजो (बिहीबार) संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ …

पुरा पढ्नुहॊस »

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ । अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्ने जनाइएको छ । बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएकोलगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ । यस्तै, …

पुरा पढ्नुहॊस »

फागुनमा वाणिज्य बैंकको निक्षेपको ब्याज यथावत् राख्ने बैंकर्स संघको निर्णय

काठमाडौँ । नेपाल बैंकर्स संघले निक्षेपको ब्याज दर यथावत् राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिले साधारण मुद्दतीको ब्याज दर ११ प्रतिशत छ । यो फागुनमा पनि यथावत् रहने भएको छ । अघिल्लो महिना वाणिज्य बैंकको निक्षेपको ब्याजदर १.१३ प्रतिशतले घटाइएको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्नका लागि शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिसकेको छ । मौद्रिक समीक्षा …

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र बिक्री खुला

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको २४ लाख कित्ता ऋणपत्र माघ २६ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले ५ वर्षे अवधिको ‘स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणप’ बिक्री खुला गरेको हो । यसमा वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन् । यस ऋणपत्रमा बैंकले १४ लाख ४० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टमा छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेले सोमबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्रभु बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुनेछ । उक्त सम्झौता …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले ल्यायो नयाँ विशेषतासहितको ‘मेरी उनीलाई’ मुद्दती योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ। दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक …

पुरा पढ्नुहॊस »

फागुन १० गतेबाट हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार

काठमाडाैं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १० देखि एकीकृत कारोबार गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएसँगै बैंकले एकीकृत कारोबार मिति तय गरेका हुन्। दुई बैंकबीच १०० कित्ता सेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात १००ः८०.२८ कित्ता कायम गरी प्राप्ति (एक्विजिसन) गर्ने सम्झौता भएको थियो। सोही सम्झौतालाई दुवै बैंकका साधारणसभाले पारित समेत गरिसकेका छन्। यसअघि माघ …

पुरा पढ्नुहॊस »

स्माट च्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात् प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिन्छ र फास्ट बैंकिङ्गले बैंकको शाखाहरूमा हुने ग्राहकहरूको उपस्थिति तथा …

पुरा पढ्नुहॊस »

कामनाले स्वास्थ्य शिविर गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले कस्टमर डेका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरका लागि सम्झौता भएको छ । बैंकले ग्राहकलाई बैंकिङ सेवाबाहेक अन्य सेवा प्रदान गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले हरेक वर्षको नोभेम्बर ९ लाई कस्टमर डेका रूपमा मनाउँदै आएको छ छ । बिहीबार शिविर कार्यक्रम कोहलपुर ११, नेपालगञ्जस्थित …

पुरा पढ्नुहॊस »