सिद्धार्थ बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभर रहेका शाखाहरूमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका ट्रान्ज्याक्सन बैंकिङ तथा इन्टरनेशनल बिजनेस प्रमुख जीतबहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा सम्झौताअनुसार छुट पाउनेछन् ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक

काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ …

प्रतिकृया दिनुहॊस