बैंकिङ्ग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ एक्सटेन्सन काउन्टर लुम्बिनी प्रदेशमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसंगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले दियो छात्रवृत्ति

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरे । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता, स्काई वाक भ्यू टावरमा बैकिङ्ग सुविधा

काठमाडौँ । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सम्झौता भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सिर्जना हुने बैकले विश्वास लिएको छ । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज बस्ताकोटी …

पुरा पढ्नुहॊस »

प्रतिकूल वातावरण बनिरहे वित्तीय संस्थाले सेवा पूर्ण रूपमा बन्द गर्ने अवस्था आउनेछ : सिबिफिन

काठमाडौं । आक्रमण, अवरोध र भ्रम सृजना गर्ने काम नरोकिए बैंक तथा वित्तीय संस्थाले सेवा पूर्ण रुपमा बन्द गर्ने अवस्था आउने भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले ध्यानाकर्षण गराएको छ । बैंकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने, कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता क्रियाकलापहरू देशका विभिन्न स्थानहरूमा निरन्तर भइरहेको भन्दै सिबिफिनले ध्यानाकर्षण गराएको हो । सिबिफिनले …

पुरा पढ्नुहॊस »

एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ। नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताए। उनले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको बताए। उनले नबिल बैंकको प्रयासले थुप्रै उपलब्धि …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकले सुरू गर्‍याे ‘एनएमबी खेती कर्जा’

काठमाडौं । एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ भएको छ। यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्। वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरू …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ‘साथ’ हकुना मटाटालाई गर्‍यो आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशकदेखि बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त संस्थालाई एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो। साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्छ जहाँ आर्थिक रूपमा विपन्न र शारीरिक अपांगता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोलि वार्षिक रूपमा …

पुरा पढ्नुहॊस »

नबिल बैंकले जीडब्लुएमका गाडी किन्न शुलभ कर्जा दिने

काठमाडाैं । जीडब्लुएम सवारी साधनको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ। भिजी इम्पेक्स प्रालिले बैंकसँग यसको इन्टरनल कम्बसन इन्जिन आईसीई सवारीसाधनहरु (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको जनाएको छ। सम्झौता पत्रमा भिजी इम्पेक्स– जीडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडको हेड अफ रिटेल लेन्डिङ चाँदनी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित धम्बोझीमा रहेको एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भवन निर्माण उपभोक्ता समितिलाई सहयोग प्रदान गरेकोे जनाएको छ। एक समारोहका बीच बैंकले रू एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मालाई हस्तान्तरण गरेको हो। ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए। ज्येष्ठ नागरिकहरूका लागि …

पुरा पढ्नुहॊस »

नबिल बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताको रूपमा छनोटमा परेको थियो । बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »