सिटिजन्स बैंकको ‘हजुरको प्रगतिको सहयात्री’ भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र आषाढ महिनामा पार्टनर फर प्रोग्रेस (#partnerforprogress) र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको समाप्ति सँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरूप चेक हस्तान्तरण गरेका छन् ।

उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार रु ५०,००० रु ३०,००० र रु २०,००० प्रदान गरिएको बैंकले जनाएको छ ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीको लागी श्रीमान र बच्चाहरू, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरुले आ–आफ्नो भिडियो मार्फत दर्साएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds