समाज डेन्टल हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई समाज डेन्टल हस्पिटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरूलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । बैंकका अनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरूमा प्राप्त गर्नेछन् ।

उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक लि.का बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds