सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले रिभरसाइड स्प्रिंग्स रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिसँग विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस