रश्मी

सानिमा बैंकको शाखा उदयपुरगढीको गढीमा

काठमाडौं ।  सानिमा बैंकले  उदयपुरगढीको गढीमा नयाँ शाखा  विस्तार गरेको छ। गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं- १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन्। उद्घाटन् समारोहमा उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। यसका साथै बैंकलाई धन्यवाद ज्ञापन गर्दै उनले सबल अनि …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक, एकैदिन थप ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले  थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाण्डौ महानगरपालिकाको महाराजगन्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।

पुरा पढ्नुहॊस »

मेगा बैंक र दृष्टि आई केयरबीच सम्झौता

काठमाडौं  । मेगा बैंकका ग्राहकलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ। मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्याबमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन्।

पुरा पढ्नुहॊस »

अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई पनि फाईजर खोप दिइने

एजेन्सी ।अमेरिकाले ५  वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् । रोग  नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो । अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् । जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप …

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशनमा मतदानका लागि विद्युतीय उपकरण प्रयोग गरिने

काठमाडौं  । नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ। मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ। महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिए। यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ। विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले बताए। सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय छ। यसमध्ये …

पुरा पढ्नुहॊस »

रत्नपार्कमा १८औं काग सम्मेलनकाे आयाेजना

काठमाडौं  ।  काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ। कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्। काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो। रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन्। १७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए। ‘काग भएका ठाउँमा आफैं आउँछन् त्यसैले नभएको स्थानमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा १६% लाभांश पारित

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनलको १५ औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा कात्तिक १६ गते मंगलबार नारायणहिटीपथस्थित केन्द्रीय कार्यालय रहेको भवनमा सम्पन्न १५ औं साधारणसभाले संचालक समितिबाट गएको १६ प्रतिशत लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाले पारित …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको  छ। आज सुन ५  सयले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज २५रुपियाँले घटेको छ। चाँदी आज एक हजार २५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

बुटवलको सलाई उद्योगमा आगलागी, लाखौंको क्षति

बुटवल । रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ। मंगलबार राति ९ बजेबाट सुरु भएको आगो १ बजेमात्रै नियन्त्रणमा आएको थियो। आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले बताएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने …

पुरा पढ्नुहॊस »

मालिका र बेलबारीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कार्तिक १५ गते एकै दिन विभिन्न ३ स्थानमा युवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा संचालित कार्यक्रममा २३ जना अपांङ युवाहरुको सहभागिता रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख हिरा निरौलाले तालिम दिएका थिए ।यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीहरुलाई ‘युवासँग महालक्ष्मी लाईफ’ …

पुरा पढ्नुहॊस »