चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।

तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरेका थिए ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाईको समेत व्यवस्था गरेको छ ।

ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ ।

उद्घाटनमा काठमाडौं नगरपालिकाका -७ का वडा अध्यक्ष शुद्धकुमार डंगोल, बेष्ट फुड बजार प्रालिका सञ्चालक सुवास घिमिरे र उपेन्द्र पाण्डे, फोन पेका अध्यक्ष विश्वास ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायतको उपस्थिति थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री