काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै सर्लाहीको नगरपालिका वडा नं. -६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ ।
बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो ।
बरहथवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।
प्रतिकृया दिनुहॊस