रश्मी

नेप्से परिसूचक १९ दशमलव २० अंकले घटयो

काठमाडौं  । साताको दोस्रो  दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकको घटेको छ। नेप्से सोमबार १९ दशमलव २० ले घटेर २ हजार ८  सय २९ दशमलब ६४  विन्दुमा पुगेर कारोबार बन्द भएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि २.७१ अंकले घटेर ५२८.३७ को विन्दुमा समेटिएको छ। आज झन्डै साढे ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आईसीएफसी …

पुरा पढ्नुहॊस »

गायक आयुषको ‘नतड्पाउनु’ सार्वजनिक

गायक आयुष अर्यालको नयाँ सांगीतिक कोसेली ‘नतड्पाउनु’ सार्वजनिक भएको छ ।गीतमा आयुषलाई  गायिका एलिना चौहानले साथ दिएकी छन् । अलेक लामा र आयुष अर्यालको शब्द, राहुल प्रधानको संगीत रहेको  छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

काठमाडौं ।  केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ । यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि …

पुरा पढ्नुहॊस »

पोखरीमा डुबेर बालकको मृत्यु

सुनसरी । पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । सुनसरी ईटहरी उपमहानगरपालिका- ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको हो  । आइतबार  बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा भएको हो ।

पुरा पढ्नुहॊस »

भाटभटेनीको ११ तले ‘स्मार्ट पार्किङ’ सञ्चालनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालमा नेपालकै पहिलो ११ तले स्मार्ट पार्किङ  सञ्चालनमा आएको छ । ११ तलाको भर्टिकल पार्किङको आइतबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले औपचारिक उद्घाटन गरेका थिए । यो स्मार्ट पार्किङ करिब ४ आनामा बनेको छ। यसको पार्किङमा  ४४ वटा गाडी  अटाउछन् । स्मार्ट पार्किङमा कार्ड स्क्यान गरेपछि खाली रहेको ठाउँमा लगेर गाडी पार्किङ गर्न सकिने भाटभटेनीले जनाएको छ।

पुरा पढ्नुहॊस »

चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप

चीनले नेपाली सेनालाइ कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन्। चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

पुरा पढ्नुहॊस »

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको  यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा जीप धनी देवबहादुर सुनार  छन् । घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखामा गई इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछन्। अबदेखि  कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत इसेवा मनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ। यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ …

पुरा पढ्नुहॊस »

थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बुधबार थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार   ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप  ७ जनाको मृत्यु भएको छ भने  ४३९  संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज ६ हजार ५७७ जनाको नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

मोरङ।मोरङ रंगेली नगरपालिका -८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् । आज बिहान  ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी  जनाएको छ।

पुरा पढ्नुहॊस »