रश्मी

नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश घोषणा

काठमाडाैँ ।नबिल बैंकले शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको मंगलबार  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

काठमाण्डौ । वल्र्ड डाइबिटिज डे(विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो । मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ । विश्व मधुमेह दिवस …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई तिहारमा बिगमार्टबाट सामान किन्दा छुट

काठमाडौं  । ग्लोबल आइएमई बैंकले  तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा रु. ३०० सम्म छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा सर्लाहीको बरहथवामा

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै सर्लाहीको नगरपालिका वडा नं. -६ स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।

पुरा पढ्नुहॊस »

थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । मगलबार  थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मगलबार  ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप  ११ जनाको मृत्यु भएको छ भने  ५५५ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज १० हजार २८७  जनाको नमुना परीक्षण गरिएको थियो ।  

पुरा पढ्नुहॊस »

चाबहिल तरकारी बजारमा सनराइज क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले शुभारम्भ गरेका थिए । उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरूमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको शाखा सल्यानमा

काठमाडौं  ।राष्ट्रिय वाणिज्य बैंकले  कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.- २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरेको छ। यो शाखासँगै बैंकको शाखा सञ्जाल संख्या २५६ पुगेको छ।

पुरा पढ्नुहॊस »

भारतमा काेराेना सङ्क्रमितको सङ्ख्या घट्याे, एकदिनमा १० हजार ४२३ मात्रै नयाँ सङ्क्रमित

भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ। यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो। अर्थांत हाल सक्रिय सङ्क्रमित यो …

पुरा पढ्नुहॊस »

आरटी–पिसिआर रिपोर्ट अब १,२०० मै पाइने

काठमाडौं  ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब रु एक हजार २०० मात्रै लिन पाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो। वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा बढेपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमनमा जानुभएका मन्त्री …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न गरेको छ। पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो । समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »