मेगा बैंक र दृष्टि आई केयरबीच सम्झौता

काठमाडौं  । मेगा बैंकका ग्राहकलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ।

मेगा बैंक र दृष्टि आई केयरबीच मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्याबमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री