सिटिजन्स बैंकद्वारा १६% लाभांश पारित

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेशनलको १५ औं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा कात्तिक १६ गते मंगलबार नारायणहिटीपथस्थित केन्द्रीय कार्यालय रहेको भवनमा सम्पन्न १५ औं साधारणसभाले संचालक समितिबाट गएको १६ प्रतिशत लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाले पारित गरेको हो । बोनस शेयर वितरणपछि बैककोे चुक्तापुजी १४ अर्ब २० करोड पुगेको छ।

सभाले २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित समेत गरेको छ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासिक सम्ममा करिव रु.१ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने रु. १ खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु. ६९ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस