ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले  सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव छ भने उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए ।

त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए ।

ज्योति विकास बैंकमा  मनोज ज्ञवालीको वैशाख १५ गते राजीनामा स्वीकृत भएपछि सो पद रिक्त थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री