रश्मी

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँबीच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

काठमाडौं ।नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट  प्रताप श्रेष्ठ, सी.एक्स. ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट  अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स्ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक …

पुरा पढ्नुहॊस »

पुसमा बाघ गणना गर्ने सरकारकाे तयारी

काठमाडौँ । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ। झाडी सुक्दै गएपछि बाघ …

पुरा पढ्नुहॊस »

पाँचथरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाँचथर।पाँचथरबाट झापातर्फ जाँदै गरेको गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३९ जना भन्दा बढी घाइते भएका छन्। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका वडा ४ मा सोमबार बिहान साढे ११ बजे दुर्घटना भएको फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधानले जानकारी दिइन्। उपप्रमुख प्रधानका अनुसार बसले टेम्पोलाई ओभरटेक गर्न खोज्दा झरेर तल्लो बाटोमा पुगेको हो। उनले भनिन् ‘मैले जिल्ला अस्पताल पाँचथरसँग लिएको जानकारी अनुसार अस्पतालमा …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने

काठमाडाैँ । नेपाल बैंकले शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। जसअनुसार बैंकले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। उक्त लाभांश राष्ट्र बैंक र नेपाल सरकारको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

पुरा पढ्नुहॊस »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो। आइतबार चार सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा, मासिक ब्याजसहित थुप्रै निशुल्क   सुविधायुक्त आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा  सुविधा भएको मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले मात्र रु १० हजारको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तको त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं  । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ट्रान्सफर्मेसन अफ ट्रान्सफर्मेसन राइडर्स: म्यानेजमेन्ट डेभलपमेन्ट प्रोग्राम, टुवार्ड दी जर्नी या नम्बर १ तथा त्रैमासिक समीक्षा कार्यक्रम गत कात्तिक ५ र ६ गते गोर्कणस्थित हिमाली घर रिर्सोटमा सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यापार अधिकृत अर्जुन श्रेष्ठ, कम्पनी सचिव प्रह्लादचन्द्र निरौलालगायत सम्पूर्ण विभागीय प्रमुखको आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा देशभरिका प्रदेश प्रमुख, उप–प्रदेश प्रमुखलगायत कार्पोरेट कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो। कार्यक्रममा संस्थाका …

पुरा पढ्नुहॊस »

प्रदेश–१ प्रदेशसभाको बैठक कात्तिक १५ सम्मका लागि स्थगित

विराटनगर। प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही कात्तिक १५ गतेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने तय गरिएको छ ।

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २७ अंकले बढ्यो

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५ अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर …

पुरा पढ्नुहॊस »

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोरङ ।मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । बिहान साँढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »