नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ATHER अब वीरगञ्जमा

वीरगञ्ज | १८ जुन २०२६  नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै Ather ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको छ।

वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा सञ्चालनमा आएको हो। यस नयाँ केन्द्रले मधेश प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू अझ सहज रूपमा उपलब्ध गराउनेछ। वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ। यसमा काठमाडौं उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन्।

ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न Ather Nepal ले देशभर आफ्नो 10 अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ। यसले एथर प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। एथरले आफ्ना ग्राहकहरूलाई उद्योगकै उत्कृष्ट सुविधामध्ये एक मानिने ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ, जसले दीर्घकालीन विश्वसनीयता र आत्मविश्वास सुनिश्चित गर्दछ। नयाँ वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा समावेश छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री