काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ।
कार्तिक १ गतेदेखि ८० दिनसम्म सञ्चालन हुने उक्त योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने फोनपेले जनाएको छ।
फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो ।
फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।
तपाईंको प्रतिकृया




