अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल “ट्रूथ सोशल” सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्।
ट्रम्पले उक्त सामाजिक सञ्जाल “ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने” बताउँदै तिनले अमेरिकाका “विद्रोही आवाज”लाई स्थान नदिएको बताएका छन्।
उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ।
ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो।
ट्रम्पले लेखेका छन्, “हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ।”
“सबैले मलाई सोध्छन् किन कोही ठूलो प्रविधि कम्पनीविरुद्ध उठ्दैनन्? हामी चाँडै नै आउनेछौँ!”
टीएमटीजीले भिडिओ सेवामा समाचार, पडकास्ट र अन्य सुविधा उपलब्ध हुनेछ।
ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो।
वीवीसीबाट




