रश्मी

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो। कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन्। सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव …

पुरा पढ्नुहॊस »

१३ अंकले बढ्यो सेयर परिसूचक

काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। । साताको शुरुवाती चरणदेखि नै निरन्तर उकालो लागेको बजार आज अन्तिम दिन पनि १३ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो । आज  नेश्नल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार …

पुरा पढ्नुहॊस »

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने

काठमाडौँ ।  थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ। आगामी शनिबार (कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा संचालन हुने भएको हो। स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको छ। पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ। यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठक २९ कात्तिकसम्म स्थगित

प्रतिनिधिसभाको बैठक २९ कात्तिकसम्मका लागि स्थगित गरिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७/७८ पेस गरिएको छ। साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ। बिरामी भएर स्वास्थ्य लाभ गरे र उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री झलनाथ खनाल १३ पटक, कर्मा घले १३ पटक र प्रदीप …

पुरा पढ्नुहॊस »

कोभिड-१९ को खोप कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप सबै नागरिकलाई कमी हुन नदिन निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले आवश्यक खोपको व्यवस्था गर्न निर्देशन दिएका हुन् । असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

पुरा पढ्नुहॊस »

निमोनिया भएपछि मन्त्री झाँक्री वीर अस्पतालमा भर्ना

काठमाडौं ।  सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन्। निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो। अहिले अस्पतालमा उपचार गराइरहनु भएको छ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए।

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूद्वारा अस्पताल र स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), मास्क, सर्जिकल ग्लोभ्ज र सेनिटाइजर हस्तान्तरण गरेको छ। प्रदेश नं -१ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं.- २ अन्तर्गत स्वास्थ्यचौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्यचौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्यचौकी, रौतहट, बागमती प्रदेशअन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

  नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार यस एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन । बैंकको सञ्चालक समितिको मिति २०७८÷०७÷१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएकी छिन् । फिलिपिन्सको एशियन …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग

नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंक लि.ले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । उक्त औषधी नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए । बैंकले कोभिड १९ …

पुरा पढ्नुहॊस »

थप ६७२ जनामा कोरोना संक्रमण

काठमाडौं  । बुधबार थप  ६७२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६७२जनामा संक्रमण पुष्टि भएको हो  । आज थप  ८ जनाको मृत्यु भएको छ भने ४९० संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज ७ हजार १६७  जनाको नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »