News desk

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने !

काठमाडौं । उपनिर्वाचन हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर-२ र प्रदेशसभाअन्तर्गत बझाङ-१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ । आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र १४ गते बिदा दिनुपर्ने माग गरेको हो । निर्वाचन हुने क्षेत्रमा मतदानको …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा कागबेनीमा ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध

काठमाडौँ । बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ । हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरूमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको …

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

मुक्तिनाथ देवघाट (News)

काठमाडौं । स्याङ्जाकाे आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो । छ जना साथीहरू पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १० : ३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका …

पुरा पढ्नुहॊस »

ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । काठमाडौंमा भइरहेको प्रदर्शनबाट शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो भृकुटीमण्डप,भद्रकालीलगायत क्षेत्रमा प्रदर्शनका क्रममा आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई पक्राउ गरिएको हो । शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गरेका थिए । त्यसपछि झडपको र मुठभेडको स्थिति भएको थियो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा हानेको छ …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलीसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । आजको संसद बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, दलहरूबिच सहमति हुन नसक्दा सूचना टाँसेर भोलीसम्मका लागि स्थगित गरिएको हो ।

पुरा पढ्नुहॊस »

काँग्रेसले गर्‍यो संसद अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेस र विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुन् । त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा उपाध्यक्षमा काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पुडासैनीको प्रश्तावकमा प्रश्तावक दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रश्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै …

पुरा पढ्नुहॊस »

कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

काठमाडौं । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० थेवरस्थित कलेशु चौधरीका छोरीहरु मृत फेला परेका हुन् । प्रहरीका अनुसार मंगलबार बिहान २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी मृत भेटिएको हुन् । दुवै जनाको शव काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको कोठाको दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा फेलम परेको थियो । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सरकार गम्भीर नभए संसद बैठक चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली …

पुरा पढ्नुहॊस »

सुनको भाउले आज पनि रच्यो इतिहास, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय पुगेको हो । यो हालसम्मकै उच्च हो । तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

पुरा पढ्नुहॊस »