सन नेपाल लाइफले नविकरण गर्यो आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System) का लागि अन्तर्राष्ट्रिय स्तरको आईएसओ/आईईसी २७००१ : २०२२ प्रमाणपत्र नवीकरण गरेको छ। कम्पनीले गत महिना सम्पन्न बाह्य अडिटपछि पुनः यो मान्यता प्राप्त गरेको हो।

कम्पनीले आफ्नो सम्पूर्ण सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गरेको निष्कर्ष आएपछि उक्त प्रमाणपत्रको निरन्तरता प्राप्त गरेको हो। यो प्रमाणपत्रले कम्पनीले सूचना सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासहरू (Best Practices) को प्रभावकारी पालना गरिरहेको पुष्टि गर्दछ।

सन नेपाल लाइफका अनुसार, कम्पनीले जोखिममा आधारित जीवन बीमा प्रणाली र संस्थागत सुशासनका नियामकीय प्रावधानहरूलाई अन्तर्राष्ट्रिय मापदण्डका आधारमा कार्यान्वयन गर्दै आएको छ। यसैको परिणामस्वरूप कम्पनीले आईएसओ/आईईसी २७००१ : २०२२ पुनः प्राप्त गर्न सफल भएको बताइएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री