काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो (Vivo) ले आफ्नो नयाँ वाई सिरिजको शक्तिशाली मोडल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो मोडललाई कम्पनीले शैली, प्रदर्शन, मनोरञ्जन र टिकाउपनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरेको छ।
भिभो वाई ४०० दुई आकर्षक रङ — पर्ल व्हाइट र डायनामिक ग्रीन मा उपलब्ध छ। यसमा ७.९ एमएम मेटालिक फ्रेम, कुशन–कट डायमन्ड क्यामेरा डिजाइन, र ३७% सम्म पातलो बेजल डिस्प्ले जस्ता प्रिमियम डिजाइन तत्वहरू छन्।
फोनमा ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले र डुअल स्टेरियो स्पिकर रहेको छ, जसले सिनेमाजस्तो ध्वनि र दृश्य अनुभव प्रदान गर्छ। मुख्य ५० एमपी सोनी IMX852 क्यामेरा, ८ एमपी फ्रन्ट, र २ एमपी बोके लेन्ससहित, यो मोडलले उच्च गुणस्तरका फोटो र भिडियो खिच्न सक्षम छ। साथै, एआई इरेज २.०, लाइभ फोटो, र अण्डरवाटर फोटोग्राफी जस्ता फिचरहरूले फोटोग्राफी अनुभवलाई फरक स्तरमा पुर्याउछन् ।
भिभो वाई ४०० IP68/69 डस्ट र वाटर रेसिस्ट्यान्ट छ, जसले फोनलाई २ मिटर गहिरो पानीमा पनि ३० मिनेटसम्म सुरक्षित राख्छ। ६,००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजीले १% बाट ५०% चार्ज गर्न ३० मिनेट मात्र लाग्ने कम्पनीको दाबी छ।
स्न्यापड्रैगन ६८५ (६एनएम) प्रोसेसरसहित, यसमा ८ जीबी एक्सटेन्डेड र्याम र २५६ जीबी स्टोरेजको संयोजन छ। फोनमा एआई नोट्स, एआई डकुमेन्ट्स, सर्कल टु सर्च र लिंक टु विन्डोज जस्ता स्मार्ट फिचरहरू पनि समावेश छन्।
डिजाइनदेखि प्रदर्शनसम्म उत्कृष्टतामा केन्द्रित यो मोडल रु. ३६,९९९ मा भिभो अधिकृत स्टोर र दराजमार्फत बिक्रीमा उपलब्ध छ।




