काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २ हजार ५९५.२४ विन्दुमा बन्द भएको हो।
आज १ करोड ३ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, माबिलुङ इनर्जीको शेयरमूल्य सर्किट लेबलमा बढेको छ भने सर्वाधिक कारोबार नेपाल एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ ।
तपाईंको प्रतिकृया




