काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वार्षिक सबैभन्दा ठूलो बिक्री अभियान ११.११ अघि नै आफ्नो ब्रान्डेड अनलाइन स्टोर ‘दराजमल’को नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्यारेन्टीसहित ३ गुणासम्म क्याशब्याक अफर, तीव्र डेलिभरी सेवा, र विशेष ब्रान्ड अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।
दराजमल दक्षिण एसियाको पहिलो भर्चुअल मल हो, जसमा हाल १,५०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू उपलब्ध छन्। यीमध्ये सियाओमी, वानप्लस, सेटाफिल, एडिडास, र युनिलिभर जस्ता अग्रणी ब्रान्डहरू पनि समावेश छन्।
दराज ग्रुपका प्रमुख वाणिज्य अधिकृत बेन यीका अनुसार, “ग्राहकको पहिलो प्राथमिकता विश्वसनियता हो, र दराजमलको ‘अथेन्टिसिटी ग्यारेन्टी’ ले यही भरोसा अझ बलियो बनाउनेछ।”
यस संस्करणमा मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र प्रतिक्रियाशील बिक्रीपछिको सेवा सुनिश्चित गरिएको छ। साथै, फ्री डेलिभरी, ६०% सम्म छुट, दुई दिनमै डेलिभरी र १४ दिनसम्मको रिटर्न सुविधा उपलब्ध हुनेछ।
दराजमलले सेटाफिल र अल्टिमा जस्ता ब्रान्डहरूलाई नेपाली बजारमा सुदृढ स्थान दिलाउन सहयोग पुर्याएको बताइएको छ। कम्पनीले ११.११ सेलका क्रममा १ करोड ७० लाखभन्दा बढी उत्पादनहरू विशेष अफरसहित प्रस्तुत गर्ने तयारी गरेको छ।




