हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले अन्तरिम आदेश जारी नगरी छलफलका लागि बोलाउने आदेश गरेको हो ।

शाक्यले आफूलाई कानुन विपरीत पदबाट हटाइएको भन्दै पुनः कार्यकारी निर्देशकको रूपमा माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री