महालक्ष्मी विकास बैंकको विभिन्न संस्थासँग सहकार्य, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि थप आकर्षक सुविधा ल्याउँदै देशभरका विभिन्न होटल, रेष्टुरेन्ट र सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गरेको छ ।

बैंकले ग्राहकको दैनिक जीवनमा सहजता र लाभ पुर्‍याउने उद्देश्यले सिद्धार्थ हस्पिटालिटी ग्रुपसहितका प्रतिष्ठित संस्थाहरूसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार, डेबिट र क्रेडिट कार्डधारक ग्राहकले खाना, पेय पदार्थ तथा आवास सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री