काठमाडौं । चिनियाँ कार निर्माता Geely Auto Group ले आफ्नो पूर्णत: विद्युतीय SUV, Geely EX5 को २ लाख १० हजार युनिट बिक्री गर्दै एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
यस उपलब्धिले Geely EX5 लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरू मध्ये एकको रूपमा स्थापित गरेको छ ।
Geely EX5 ले आफ्ना ७ महिनामा मात्र चीनमा १ लाख युनिटभन्दा बढी बिक्री गर्दै आफ्नो बजारमा बलियो उपस्थितिको सन्देश दिएको थियो । अहिले यो मोडेल थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रसहित २६ देशहरूमा उपलब्ध छ ।
Geely Auto ले सन् २०२५ को पहिलो छ महिनामा विश्वभर १४ लाख सवारीसाधन बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा ४७% को वृद्धि हासिल गरेको छ । यससँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार युनिटबाट ३० लाख युनिट पु¥याउने योजना घोषणा गरेको छ ।
कम्पनीका अनुसार, २१०,००० भन्दा बढी बिक्री विश्वभरका ग्राहकहरूको विश्वास र Geely को विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाण हो । आगामी वर्षहरूमा Geely Auto ले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
नेपालमा पनि सफलता
नेपालमा हालै बिक्री वितरण सुरू गरेको Geely EX5 ले पनि नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । ग्राहक र विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । यसका कारण, नेपालका लागि Geely EX5 को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशभर डिलरशिप विस्तार गर्ने योजना बनाएको छ ।
Geely EX5 ले आफ्नो उच्च सुरक्षा र उत्कृष्ट डिजाइनका कारण २०२५ मा Euro NCAP र ANCAP (Australasian New Car Assessment Program) बाट पाँच-सितारा सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ। Geely को अत्याधुनिक GEA प्लेटफर्ममा आधारित, EX5 को मजबुत शरीर संरचना र Cloverleaf ऊर्जा-शोषण डिजाइनले ठक्कारामा पनि उच्च सुरक्षा प्रदान गर्छ ।
यसमा ७ वटा एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection, र ३६०° क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू छन् ।
यसका साथै, Geely EX5 ले आफ्नो एरोडाइनामिक डिजाइन र स्मार्ट इन्टेरियर्सका कारण २०२५ को Red Dot Design Award जित्न सफल भएको छ। यस पुरस्कारले Geely को नवप्रवर्तन र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ।
Geely EX5 ले न केवल बिक्रीको मोर्चामा, बल्कि आफ्नो डिजाइन र सुरक्षा सुविधाहरूमा पनि नयाँ मानक सेट गरेको छ । यसका आधुनिक सुविधाहरू र विश्वस्तरीय सुरक्षा रेटिङ्गले यो गाडीलाई आगामी वर्षहरूमा थप सफलता दिलाउने देखिन्छ ।
Geely Auto Group ले आगामी बजार विस्तार र नवप्रवर्तनका साथ विद्युतीय सवारीहरूको बजारमा अझै बलियो उपस्थिति जनाउने विश्वास छ ।




