News desk

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति

काठमाडौं । कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ । कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो । ट्रकमा एक करोडभन्दा बढी मूल्य बराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ । ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको थियो । आगो करिब …

पुरा पढ्नुहॊस »

कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस– माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । तीनै प्रदेशमा एमाले निकट सिफारिस भएका छन् ।कांग्रेस बाट गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । सरकारका …

पुरा पढ्नुहॊस »

एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी

काठमाडौं । एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याललाई गृह लैजाने निर्णय गरेको हो । हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ । रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हाले लगत्तै अर्याललाई गृहमा ल्याइएको हो । अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा …

पुरा पढ्नुहॊस »

बाजुराको जुगाडा केन्द्रविन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

पुरा पढ्नुहॊस »

ग्याल्पो ल्होसार एक महिना अघि नै मनायौं, आजको सार्वजनिक बिदाको औचित्य छैन : शेर्पा संघ

काठमाडौँ । नेपाल शेर्पा संघले आज ग्याल्पो ल्होसार नभएको स्पष्ट गरेको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्बजनिक बिदा दिएपछि शेर्पा संघले आपत्ति जनाउदै आजको सार्बजनिक बिदाको कुनै औचित्य नभएको स्पष्ट गरेको छ । संघले गत माघ २७ गए नै यस बर्षको ग्याल्पो ल्होसार भएको र आफुहरुले सोहि मितिमा ग्याल्पो ल्होसार मनाएको बताएको छ । संघले भोटचन्द्र पात्रो अनुसार ग्याल्पो ल्होसार १ महिना अघि नै परेकोले पञ्चाङ्ग निर्णायक समितिले …

पुरा पढ्नुहॊस »

नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले यस्ते आग्रह गरेका हुन् । अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न मन्त्री पुनको आग्रह छ । ‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ’, पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व …

पुरा पढ्नुहॊस »

दार्चुलाबाट हतकडीसहित भारत भाग्ने थुनुवा छोप्दाछोप्दै जवान लडेर बिते

काठमाडौं । दार्चुलामा हतकडीसहित फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कुँवरलाई पक्राउ गर्न जाँदा …

पुरा पढ्नुहॊस »

एमजि मोटर्सको ईभी ग्राहकहरूका ‘ईभी चार्जिङ’ एप सार्वजनिक

काठमाडौँ । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । यो एपले एमजिको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । चार्जिङ्ग शुल्क ʻखल्ती एप’ …

पुरा पढ्नुहॊस »

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

काठमाडौँ । कोका–कोलाले ʻकाठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भनेको छ । काठमाडौँको हायात होटल मैदानमा चैत्र २ गते, शुक्रवार बिहान ११ बजेदेखि उक्त अत्यधिक अपेक्षित कार्यक्रम सुरु हुनेछ । कम्पनीका अनुसार ʻइज कुकिङ’ कोका–कोलाको विश्वव्यापी क्याम्पेन हो जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । यो कार्यक्रम कोका–कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म – ʻरियल म्याजिक’ अन्तर्गत नै पर्न आउँदछ । यस वर्षको ʻकाठमाडौँ इज कुकिङ’ ऐतिहासिक …

पुरा पढ्नुहॊस »

साइकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले लगाए आगो

काठमाडौं । सर्लाहीमा स्थानीयले बसमा आगो लगाएका छन् । सोमबार साइकललाई यात्रुवाहक बसले ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । दुर्घटनापछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात् काठमाडौं रेफर गरिएको …

पुरा पढ्नुहॊस »