News desk

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौँ । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन …

पुरा पढ्नुहॊस »

३५ फिट गहिरो इनारमा खसेका रामशरणको सकुशल उद्धार

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्तीस्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो । घर धनीले खबर गर्ने बित्तिकै नगर प्रहरीले उनको उद्धार गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए । सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको …

पुरा पढ्नुहॊस »

एक वर्षमा १६ लाखभन्दा बढी विदेशतर्फ, स्थायी बसोबास गर्ने गरी ७१ हजार नेपाली बिदेसिए

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो । अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला …

पुरा पढ्नुहॊस »

इलाममा बाबुले छुरा प्रहार गरी गरे १८ वर्षीय छोराको हत्या

काठमाडाैं । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए । मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी (छुरा) प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए …

पुरा पढ्नुहॊस »

२ महिनाभित्र किस्तामा बक्याैता बुझाउन प्राधिकरणको सूचना, ३० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी गर्न सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको हो । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपालमा पहिलो पटक कोभिड-१९ को जेएन.१ भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन.१ पुष्टि भएको जानकारी दिएको हो । देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्था र धार्मिक संघलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुले विभिन्न संस्था र धार्मिक संघलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । त्यसैगरी बैंकको गोगंबु शाखाद्वारा काठमाडौं …

पुरा पढ्नुहॊस »
This will auto close after