सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ प्राप्त हुनेछ भने स्वास्थ्य चेक जाँचमा कर्मचारी तथा शेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस