News desk

कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

काठमाडौं । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-१० थेवरस्थित कलेशु चौधरीका छोरीहरु मृत फेला परेका हुन् । प्रहरीका अनुसार मंगलबार बिहान २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी मृत भेटिएको हुन् । दुवै जनाको शव काठले बनाएको टिनले छाएको घरको दोस्रो तलाको कोठाको दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा फेलम परेको थियो । अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सरकार गम्भीर नभए संसद बैठक चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले संसद् अवरोध गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली …

पुरा पढ्नुहॊस »

सुनको भाउले आज पनि रच्यो इतिहास, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार ३ सय पुगेको हो । यो हालसम्मकै उच्च हो । तेजाबी सुन पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनीलाई उठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ । सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । …

पुरा पढ्नुहॊस »

कर्णाली मुख्यमन्त्रीमा दाबी पेश गर्दै कँडेल, यस्तो छ अंकगणित

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन् …

पुरा पढ्नुहॊस »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ …

पुरा पढ्नुहॊस »

काठमाडौँमा आज प्रदर्शन गर्दै राप्रपा, ५० हजार मानिस उतार्ने दाबी

काठमाडौं । राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्र पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दावी गरेको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, …

पुरा पढ्नुहॊस »

संसद् बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको संकेत

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आज को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, उप प्रधानमन्त्री एवं …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, संसद् अवरुद्ध गर्ने कांग्रेसको संकेत

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद् अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर …

पुरा पढ्नुहॊस »