सन्तोष परियारले पनि छाडे रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन् । निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए ।

विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने भन्दै रास्वपा छोडेको बताए । बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

सन्तोष परियार अभियानता तथा पूर्वशिक्षक हुन् । उनको राजनीतिक सुरुवात एमालेबाट भए पनि पछि रास्वपामा प्रवेश गरी समानुपातिक सांसद बनेका थिए । रास्वपामा प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दा संसदमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी सामाजिक न्याय, समानता र नागरिक अधिकारका अभियन्ता पनि हुन् ।

यसअघि रास्वपाकै केन्द्रीय सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन् । उनले नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी घोषणा गरेकी थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप