मतदाता नामावली दर्ता अवधि थप गर्न प्रधानमन्त्रीको आग्रह, निर्वाचन आयोग सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि तोकिएको समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । मतदाता नामावली सङ्कलनमा हाल देखिएको उत्साह र चापका कारण म्याद थप आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै समय सीमा थप्न अनुरोध गरेकी हुन् । भण्डारीले आयोग यस विषयमा सकारात्मक रहेको र पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रणाली सञ्चालन भएपछि हिजोदेखि अनलाइनमा अत्यधिक चाप देखिएको छ। यससँगै इन्टरनेट सर्भरमा देखिएका केही प्राविधिक समस्याबारे पनि प्रधानमन्त्रीले चासो व्यक्त गरेकी थिइन्। अनलाइनमा देखिएको समस्याको समाधानका लागि काम भइरहेको आयुक्त भण्डारीले जानकारी दिएका छन्।

आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री